नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी चाहे अनुरुप अघि बढ्न नसकेको बताएका छन्। आज (मंगलबार) बाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले पार्टी पंक्तिमा आलस्यता, निराशा बढ्दै गएको बताए।
‘हाम्रो पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन। पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्कृयता, पलायनता जस्ता कमजोरी देखिएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘यस प्रकारका कमजोरी देखिनुका विभिन्न कारणहरू छन्। सबभन्दा प्रमुख कारण पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य हो।’
अराजक कार्य गर्ने कतिपय व्यक्ति पार्टीबाट पलायन भइसकेको पनि उनले बताए।
‘त्यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसकेका छन् । यदि कसैबाट अझै पनि त्यस प्रकारको दुष्कर्म भइरहेको छ भने तुरुन्त रोकिनु पर्दछ। त्यस्ता गलत कार्यलाई विगतमा नियन्त्रण नगरिएको भए पनि अब छुट दिन सकिँदैन,’ नेपालले भनेका छन्, ‘साथै पार्टीका सिद्धान्त, विचार र दृष्टिकोणको दृढतापूर्वक पक्षपोषण गर्ने आँटको कमी, जिम्मेवारी लिने तर वहन नगर्ने प्रवृत्तिस आत्मविश्वासको कमीस पार्टी सानो छ भन्ने लघुताभाष (प्रत्यक्ष रूपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि) विरोधीले फैलाएका भ्रम र सामाजिक सञ्जालमार्फत भएका कुप्रचारको प्रभाव, हाम्रो प्रचार कार्य कम्जोर हुनु आदि अन्य कारण हुन्।’
बैठकमा अध्यक्ष नेपालले ३९ पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन्।
Shares
प्रतिक्रिया