ad ad

राजनीति


संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न सकेनन् : वामदेव गौतम

संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न सकेनन् : वामदेव गौतम

नेपालखबर
भदौ ५, २०८० मंगलबार १९:४६, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न नसकेको बताएका छन्।

मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले संसदमा भइरहेको अवरोध हटाउनका लागि सभामुख र राष्ट्रिय सभा सदस्यले भुमिका खेल्न नसकेको बताएका हुन्।

उनले संसदमा भइरहेको अवरोध हटाउने जिम्मेवारी सम्बन्धित सदनको अध्यक्षको हुने बताए।

‘अवरोध भइरहेको छ संसद तर त्यसको मुख्य जिम्मेवार त्यो सदनको अध्यक्षको हुन्छ। राष्ट्रिय सभामा राष्ट्रिय सभा अध्यक्षको हुन्छ। प्रतिनिधि सभामा सभामुखको हुन्छ। मैले त्यो अवरोध हटाउनको निम्ति भुमिका खेलेको जस्तो महशुस गर्न सकिन,’ उनले भने, ‘यद्यपी मैले थाहा नपाएर पनि त्यो हुनसक्छ। यद्यपी सरकारले गरेन, सरकारले गरेन भनेर भन्ने मैले सुन्छु। सरकार सहयोगी हुन सक्छ । यहाँको निम्ति, सदनको निम्ति अध्यक्षभन्दा माथि अर्को छैन।’

संसदको अवरोध हटाउन सरकार सहयोगी हुने भएपनि सरकारले गरेन भन्ने गरिएको बताउँदै उनले कसैलाई मन लाग्दैमा जस्तोसुकै बोल्ने गरिएको र संसद अवरोध गर्ने गरिएको भन्दै संविधान निर्माण गर्ने र निति, कार्यक्रम पास गर्ने थलो यस्तै हुन्छ? भनेर प्रश्न गरे।

‘प्रतिनिधि सभाको निम्ति सभामुख हो। तर राष्ट्रिय सभाको निम्ति राष्ट्रिय सभाको अध्यक्ष हो। हामी कस्तो संस्कार, संस्कृतिसहितको सदन हाम्रो पुस्ताहरुलाई दिन चाहान्छौँ? समाजवाद पनि यही संसदबाट निर्माण गर्ने भनेर हामीले संकल्प गरेका छौँ र जनताको बहुदलीय जनवादलाई मान्नेहरुले संकल्प गरेका छन्। के यस्तै हुन्छ संविधान निर्माण गर्ने थलो?,’ उनले भने, ‘यस्तै हुन्छ नीति, कार्यक्रम पास गर्ने थलो? जे मन लाग्यो त्यही गरेको छ। जसलाई जे मन लागेको छ त्यही बोलेको छ। नियम चाहिँदैन। संविधान चाहिँदैन। केही पनि चाहिँदैन। जस्तोसुकै बोलेको छ, र संसद अवरोध गरेको छ।’

उनले जनताको बहुदलिय जनबादलाई आफ्नो मार्गदर्शकिय सिद्धान्त मान्नेहरुले संसद अवरोध गरिरहेको उल्लेख गर्दै जनताको बहुदलिय जनवादको सिद्धान्तले यही भन्छ भनि प्रश्न गरे।

‘कसैलाई मन लाग्यो संसद अवरोध। जनताको बहुदलिय जनबादलाई आफ्नो मार्गदर्शकिय सिद्धान्त मानेर आउनेहरुले नै आज संसद अवरोध गरिराखेको छ। के जनताको बहुदलिय जनवादको सिद्धान्तले भन्छ?’, उनले भने।

उनले शुन्य समय र विशेष समयमा बोल्ने कुरालाई बैठकको कार्यसूचीमा उल्लेख नगर्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै यसलाई पनि बैठकको कार्यसूचीमा उल्लेख गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .