ad ad

राजनीति


सुन तस्करी प्रकरण : उच्चस्तरीय समिति बनाउनेबारे दलहरुको बैठक सिंहदरबारमा

सुन तस्करी प्रकरण : उच्चस्तरीय समिति बनाउनेबारे दलहरुको बैठक सिंहदरबारमा

दलहरुको बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
भदौ ६, २०८० बुधबार १२:२०, काठमाडौँ

साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेबारे राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले बैठक बसिरहेको छ। केहीबेरअघि मन्त्रिपरिषद् बैठक बसिसकेपछी दलहरु छलफलमा जुटेका हुन्।

मंगलबारको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बस्न सकेको थिएन। 

यसअघि दलहरुको बैठकले उच्चस्तरीय समितिको कार्यप्रणाली र मापदण्ड बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई तोकेको थियो।

मंगलबार बिहान तीन सदस्यीय कार्यदलको बैठकले उच्चस्तरीय समितिको टीओआरको ड्राफ्ट बनाएको थियो।

तीन नेताको कार्यदलले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बनाउन सिफारिस स्रोतले जनाएको छ। 

कार्यदललाई बुधबार नै टुंगोमा पुर्‍याएर संसद् खोल्ने गरी दलहरुबीच सहमति हुन लागेको छ। सुन प्रकरणलाई लिएर गत साउन १० गतेदेखि संसद्‍मा निरन्तर अवरोध छ।

प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय समिति चाहिने अडान राखेको छ। उता सत्तारुढ दलहरुले केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान पर्याप्त हुने बताइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .