ad ad

राजनीति


कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्च पुग्यो एमाले, बिहीबारलाई पेसी

संविधानविपरीत विश्वासको मत लिएको जिकिर
कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्च पुग्यो एमाले, बिहीबारलाई पेसी

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८० बुधबार १६:४२, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार सर्वोच्च अदालत रिट निवेदन दर्ता गराएका हुन्। उक्त रिटको सुनुवाइका लागि बिहीबारलाई पेसी तोकिएको छ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका अध्यक्षमण्डलका सदसय्य तथा कांग्रेस सांसद इस्राइल मन्सुरीलाई मत हाल्न लगाएपछि एमाले अदालत गएको हो।

सभामुखको भूमिकामा रहेका मन्सुरीले मत प्रयोग गरेर लिएको विश्वासको मत बदर गरी पाऊँ भनी रिट दायर गरिएको एमाले प्रमुख सचेतक भण्डारीले बताए।

‘सोमबार मत विभाजनको हस्ताक्षर गर्ने क्रममा समायवधि सकिसकेको अवस्थामा सभाध्यक्षको आसनबाट इस्राइल मन्सुरीले गरेको हस्ताक्षसमेत जोडी ४७ पुर्‍याएको कार्य गैरकानुनी छ। त्यो बदर गरी पाऊँ। संविधानको धारा १६८ (३) बमोजिम तथा सर्वोच्चबाट यसअघि नै भएको आदेशबमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश गरी पाऊँ,’ एमालेले रिटमा भनेको छ।

त्यही विषयमा बुधबार बसेको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी दल राप्रपाले बहिष्कार गरेका छन्।

सभामुखको भूमिका असंवैधानिक रहेको भन्दै एमाले र राप्रपाले बहिष्कार गरेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .