ad ad

राजनीति


कोशी सरकारविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

कोशी सरकारविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

नेपालखबर
भदौ ७, २०८० बिहिबार ११:१७, काठमाडौँ

कोशी सरकार गठनविरुद्ध नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ। 

प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैरसंवैधानिक तरिकाले विश्वासको मत लिएको दाबी गर्दै परेको रिट सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो। 

विश्वासको मत लिँदा सभाध्यक्षको मतसमेत जोडेर बहुमत पुर्‍याएकाले त्यो असंवैधानिक भएको भन्दै एमालेले थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गरेको छ। 

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका अध्यक्षमण्डलका सदस्य तथा कांग्रेस सांसद मन्सुरीलाई मत हाल्न लगाएपछि एमाले अदालत गएको हो। सभामुखको भूमिकामा रहेका मन्सुरीले मत प्रयोग गरेर लिएको विश्वासको मत बदर गरी पाऊँ भनी रिट दायर गरिएको हो। 

‘सोमबार मत विभाजनको हस्ताक्षर गर्ने क्रममा समायवधि सकिसकेको अवस्थामा सभाध्यक्षको आसनबाट इस्राइल मन्सुरीले गरेको हस्ताक्षसमेत जोडी ४७ पुर्‍याएको कार्य गैरकानुनी छ। त्यो बदर गरी पाऊँ। संविधानको धारा १६८ (३) बमोजिम तथा सर्वोच्चबाट यसअघि नै भएको आदेशबमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश गरी पाऊँ,’ एमालेले रिटमा भनेको छ।

यसअघि पनि सभामुखको मतसमेत जोडेर थापा मुख्यमन्त्री भएपछि एमाले सर्वोच्च पुगेको थियो। जसमा सर्वोच्चले उक्त सरकार असंवैधानिक ठहर गर्दै खारेज गरिदिएपछि थापाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याई पुनः मुख्यमन्त्री भएका थिए। तर सोमबार विश्वासको मत लिँदा पुनः सभामुखकै भूमिकामा रहेका सदस्यको मत लिएपछि बदरको माग गर्दै एमाले पुनः अदालत गएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .