यूएस ओपन कपको उपाधिका लागि अर्जेन्टिनी स्टार फरवार्ड लिओनेल मेस्सी सम्मिलित इन्टर मायमी र हस्टन डायनामी भिड्ने भएका छन्।
बिहीबार बिहान दोस्रो सेमिफाइनलमा हस्टनले रियल साल्ट लेकलाई ३–१ ले हराउँदै मायमीसँगको भेट पक्का गरेको हो।
उपाधि भिडन्त आगामी असोज १० गते हुनेछ।
आजै बिहान भएको पहिलो सेमिफाइनलमा सिन्सिनाटिलाई टाइब्रेकरमा ५–४ ले हराउँदै मियामी फाइनलमा पुगेको हो।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवैतर्फबाट १–१ गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो।
टाइब्रेकरको सुरुवातमा दुवै टोलीले समान ४ गोल गरेका थिए। सिन्सिनाटिको लागि हागलन्डले गरेको पाँचौ प्रहार मायमीका गोलरक्षक क्यालेन्डरले जोगाए। मायमीका लागि क्रेमास्कीको प्रहारले पोस्ट को जाली चुमेपछि मायमीले उपाधि भिडन्त पक्का गरेको हो।
Shares
प्रतिक्रिया