ad ad

राजनीति


संघीयता बचाउन केन्द्रीय सरकार प्रतिवद्ध छैन : विमलेन्द्र निधी

संघीयता बचाउन केन्द्रीय सरकार प्रतिवद्ध छैन : विमलेन्द्र निधी

नेपालखबर
भदौ ९, २०८० शनिबार २०:४५, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वउपसभापती विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनमा केन्द्रिय सरकार प्रतिवद्ध नरहेको बताउदै शान्तिपुर्ण संवैधानिक लडाई लडनुपर्ने आवश्यकता रहेको बताएका छन्।

जनकपुरधामको श्री महाविर युवा किमिटिको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित पदभार तथा शपथग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधीले एक समय मधेस माने कांग्रेस र कांग्रेस माने मधेस बुझिए जस्तै पुनः सोही नारा र माहोल बनाउन जुट्नुपर्ने आवश्यकता रहेको बताए।

जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधीहरु हुनुपर्ने बताउँदै उनले महावीर युवा कमिटी जस्ता यहाँका युवाहरुले समाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरुको खोजि गरी सम्मान गर्नुपर्ने बताए।

‘केन्द्रिय सरकार संघियताको मर्म अनुसार काम गर्न सकिरहेको छैन र प्रदेश सरकार पनि संघिय कानून अनुसारको अधिकारका लागि अग्रसर दैखिँदैन त्यसैले संघियता बचाउन आन्दोलनको आवयश्कता छ,’ उनले भने।

सो अवसरमा कमिटिको निर्वाचन अधिकृत राकेशविक्रम साहले कमिटिको नव निर्वाचित अध्यक्ष अजय गुप्ता सहित ११ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शपथग्रहण गराएका थिए भने कमिटीका पूर्व अध्यक्षहरुले सामुहिक रुपमा नयाँ अध्यक्ष गुप्तालाई पदभार ग्रहण गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .