भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनललाई नमूना बसपार्कका रूपमा विकास गर्ने बताएकी छिन्।
बसपार्क नजिकै रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले अहिले बसपार्कको स्तरोन्नति भइरहेको बताएकी हुन्।
सघन सहरी विकास मन्त्रालयबाट रु १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी नमूना बसपार्क बनाउनेतर्फ केन्द्रित रहेको उनको भनाइ छ।
करिब एक सय ९५ शेयर सदस्य रहेको संस्थाको भवन निर्माण गर्न भरतपुर महानगरपालिका, वडा नं ९ तथा स्थानीय दाताको सहयोग भएको अध्यक्ष लक्ष्मी सापकोटा कँडेलले जानकारी दिइन्।
संस्थाले ३० कठ्ठा जमिनमा फूल र आठ कठ्ठा जमिनमा बेसारखेती गरेको छ।
42
Shares
प्रतिक्रिया