ad ad

राजनीति


सत्ता गठबन्धनले राप्रपालाई एउटा संसदीय समितिको सभापति दिने

सत्ता गठबन्धनले राप्रपालाई एउटा संसदीय समितिको सभापति दिने

नेपालखबर
भदौ १०, २०८० आइतबार १२:३१, काठमाडौँ

सत्ता गठबन्धनले संसदीय समितिका सभापति पदअन्तर्गत आफूले पाएका सिटमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एउटा दिने भएको छ।

आइतबार बसेको सत्तारुढ दलका प्रमुख सचेतकसहितको बैठकले राप्रपालाई एउटा समितिको सभापति पद दिने निर्णय गरेका हुन्। यद्यपि कुन समिति दिने भन्ने खुलाइएको छैन।

‘अहिलेसम्म संसदीय विशेष सुनवाइ समिति दिने भन्ने नै छ,’ बैठकस्थलमा रहेका एक सांसदले नेपालखबरसँग भने।

प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका २ गरी १२ वटा समितिमा नेतृत्व छान्न भोलि भदौ ११ गते निर्वाचन हुँदै छ। 

दलहरुबीचको सहमतिअनुसार कांग्रेसले ४, माओवादी केन्द्रले २, एकीकृत समाजवादीले १, जसपाले १ र जनमतले १ समितिको नेतृत्व पाउनेछन्। एमालेको भागमा ३ वटा समिति परेका छन्।

सत्ता गठबन्धनले आफूले पाएका ९ सिटमध्ये एउटा राप्रपालाई दिने भएको हो। 

राप्रपाले पशुपति शम्शेर जबरालाई समितिको सभापति बनाउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .