ad ad

राजनीति


बुद्धिजीवीलाई प्रधानमन्त्रीको आग्रह- सरकारको कामबाट एकथरी विक्षिप्त भए, भ्रम चिर्न लाग्नुस्

बुद्धिजीवीलाई प्रधानमन्त्रीको आग्रह- सरकारको कामबाट एकथरी विक्षिप्त भए, भ्रम चिर्न लाग्नुस्

बुद्धिजीवीहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन प्रधानमन्त्री प्रचण्ड। तस्बिर : सचिवालय


नेपालखबर
भदौ १०, २०८० आइतबार १५:१५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएको बताएका छन्। उनले सरकारले गरेका राम्राकाम बाट अत्तालिएकाहरूले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको पनि बताए।

माओवादी केन्द्र निकट बुद्धिजीवीहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

‘पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएका छन्। उनीहरूले माओवादी पार्टी ,सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन्। त्यसलाई चिर्न बुद्धिजीवी संगठनले महत्वपूर्ण रोल खेल्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .