बालुवाटार जग्गा हिनामिना प्रकरणमा जोडिएकाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ।
यो प्रकरणमा जोडिएका कूल ३११ जना विरुद्ध अभियोगपत्र दायर भएको हो। अभियोगपत्र ८ सय ३३ पृष्ठ लामो छ।
पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री यो प्रकरणमा अभियुक्त छन्।
यस प्रकरणमा जोडिएका २३९ प्रतिवादीबाट ७५ अर्बभन्दा बढी बिगो मागदाबी अभियोगपत्रमा गरिएको छ।
त्यस्तै ६ जना पूर्वसचिवहरुलाई पनि अभियोग लगाइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्यविरुद्ध पनि अभियोग लगाइएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर अभियोगपत्रमा सीआईबीले अनुसन्धान गरेर बुझाएको फाइलमा केही संशोधन गरिएको छ।
यस्तो छ अभियोगपत्रः
39
Shares
प्रतिक्रिया