नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टी विभाजनपछि एक अर्काको आलोचना व्यापक गरिरहेका हुन्छन्।
प्रायः सार्वजनिक कार्यक्रममा पनि उनीहरू सँगै भेटिँदैनन्।
लामो समयदेखि तिक्ततापूर्ण सम्बन्धमा रहेका यी दुई नेता सोमबार भने सँगै देखिए।
सिंहदरबारमा सोमबार दिउँसो आयोजित समितिका सभापति निर्वाचन तथा सपथ ग्रहण कार्यक्रममा सहभागी हुन उनीहरू समितिको हलमा एकैसाथ देखिएका हुन्।
केहीबेर ढिलोगरी पुगेका ओलीले बैठकस्थलमा प्रवेश गर्नासाथ आफ्ना आलोचक नेपालको फेस गरे।
उनीहरू दुवै बस्ने कुर्सी पनि सँगै थियो। समितिका सभापति तथा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँगै उनीहरू पनि सँगै बसेका थिए।
तस्बिरहरूः
282
Shares
प्रतिक्रिया