ad ad

राजनीति


संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो पारित गराउन पहल गर्छु : सभापति सुवेदी

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो पारित गराउन पहल गर्छु : सभापति सुवेदी

सभापतिमा निर्वाचित भएसँगै प्रधानमन्त्रीसँग हात मिलाउँदै सुवेदी। (तस्बिर : प्रदीपराज वन्त/रासस)


नेपालखबर
भदौ ११, २०८० सोमबार १७:१९, काठमाडौँ

कानुन, न्याय तथा मानव अधिकार समितिकि नवनिर्वाचित सभापति बिमला सुवेदीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएकी छिन्।

सोमबार समिति सभापतिमा निर्वाचित भएसँगै सभापति सुवेदीले समितिमा रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएकी हुन्। 

उनले सबै समिति सदस्यहरुको साथ, सहयोगले विधेयक पारित हुने विश्वास व्यक्त गरिन्। उनले समितिले दिएका निर्देशनहरु सरकारलाई छिटो कार्यान्वयन गराउन लागि पर्ने पनि बताइन्। 

‘हामी समितिको तर्फबाट पहल गर्छौ र निर्णयहरूलाई छिटोभन्दा छिटो कार्यान्वयन गराउनको निम्ति लागि पर्छौ। म आफ्नो तर्फबाट सक्दो प्रयत्न गछु। अहिलेसम्म समितिले पूर्णता नपाइसकेको कारणले गर्दा पनि अलिकति ढिला भएको हो,’ उनले भनिन्, ‘अब समितिले पूर्णता पाइसकेपछि सरकारले समितिले गरेका निर्णयहरुको कार्यान्वयनका निम्ति गम्भिरतापूर्वक ध्यान दिनेछ भन्ने विश्वास मैले लिएको छु। र त्यसको कार्यान्वयन गराउनका लागि हाम्रो तर्फबाट एकदमै धेरै पहल गर्नेछौँ।’

समितिको निर्देशनहरूलाई सरकारबाट कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने पनि उनले बताइन्।

‘विधेयकलाई पास गराउनको निम्ति समितिले छिटोभन्दा छिटो पास गराउनको निम्ति हामी पहल गर्छौं। मलाई विश्वास छ पास हुन्छ। समितिका सबैको साथ, सहयोगबाट यो पास हुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भनिन्।

सभापति सुवेदी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की सांसद हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .