नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले ‘कू’ गर्दा आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पानी ट्यांकीमा पैसा लुकाएको भ्रम विरोधीहरूले फैलाएको दाबी गरेका छन्।
राजधानीमा अयाोजित जनप्रतिनिधिसँगको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले त्यतिबेला पोखरेलले कहीँपनि कुनै कमजोरी नगरेको दाबी गरे।
‘ज्ञानेन्द्र शाहले कू गरेको, ईश्वर पोखरेललाई थुन्दा पानीट्यांकीभरी पैसा लुकायो रे, कहाँ गयो त त्यो पैसा, ज्ञानेन्द्रकहाँ गयो कि कहाँ गयो?,’ उनले भने, ‘ट्यांकीको पैसा हाजिर गर। फिर्ता गर ट्यांकीको पैसा कति थियो। ईश्वर पोखरेललाई थुन्दा ट्यांकीमा पैसा थियो भने त्यो पैसा कहाँ गयो? पैसा त थियो होला नि त्यहाँ?’
विरोधीहरूलाई नै ट्यांकीमा पैसा थियो भन्ने विश्वास नभएको उनले दाबी गरे।
‘अनि विरोधीहरू यस्ता कुरा जनताका बीचमा उनीहरूलाई पनि आफैंलाई विश्वास छैन, किनकी यस्ता अन्डा पार्ने तीनै हुन्। पानीट्यांकीमा रुपैयाँ भन्नेहरु उनीहरु नै हुन्। हामीले विरोधी छन् भन्ने ध्यानमा राखेका छौं,’ उनले भने, ‘विरोधी नभएपनि हामी गलत काम गर्दैनौं। राज्यको ढुकुटीको पैसा आफ्नो ढुकुटीमा ल्याउने काम हामी गर्दैनौं।’
भिडिओ:
Shares
प्रतिक्रिया