ad ad

राजनीति


तीन देशका लागि आवासीय राजदूत नियुक्त

तीन देशका लागि आवासीय राजदूत नियुक्त

नेपालखबर
भदौ ११, २०८० सोमबार १८:१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्स, संयुक्त अरब इमिरेट्स र कुवेतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले सुधिर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त भएका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .