ad ad

राजनीति


यो सरकार फेल खाँदैन, सफल हुन्छ : प्रधानमन्त्री

यो सरकार फेल खाँदैन, सफल हुन्छ : प्रधानमन्त्री

नेपालखबर
भदौ १२, २०८० मंगलबार १६:४३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय समिति बनाउँदा सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका हुन्। 

उनले सरकार सफल हुने पनि दाबी गरे।

‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन। सरकार सफल हुन्छ। छलफल सकारात्मक ढंगले नै अगाडी बढ्छ भन्ने मेरो विश्वास छ,’ उनले भने, ‘हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .