ad ad

राजनीति


गणपूरक संख्या नपुगेपछि संसद् बैठक एक हप्ताका लागि स्थगित

गणपूरक संख्या नपुगेपछि संसद् बैठक एक हप्ताका लागि स्थगित

नेपालखबर
भदौ १२, २०८० मंगलबार १७:०, काठमाडौँ

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ। गणपूरक संख्या नपुगेपछि मंगलबार बसेको बैठक एक साताका लागि स्थगित भएको हो। 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। प्रधानमन्त्रीको जवाफ सुन्ने बेलामा सांसदहरूको उपस्थिति बाक्लो थियो। 

तर,  ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठकबाट हिँडेसँगै बैठकका लागि आवश्यक पर्ने एक चौथाइ सङ्ख्या नपुगेको हो।

सभामुख देवराज घिमिरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’लाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाउँदै गणपूरक सङ्ख्या नपुग्ने भन्दै सांसदहरूको गणना गर्न माग गरेकी थिइन्।

यस्तै, एमाले सांसद दामोदर पौडेल वैरागीले पनि गणपूरक सङ्ख्यामाथि प्रश्न उठाउँदै सो विधेयकको विषयलाई अघि नबढाउन आग्रह गरे।

सभामुखले घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्न लगाउँदा बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र उपस्थित थिए। 

लगत्तै सभामुख घिमिरेले सदनको बाँकी कार्यसूची स्थगित गरेका हन्। अर्को बैठक भदौ १८ गते दिउँसो १ सम्मका लागि स्थगित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .