जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले आफ्नो नाममा फेसबुक पेज खोलेर दुरुपयोग गरिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्।
यादवको नाम र फोटो प्रयोग गरी फेक आईडी खोलेर महिलाको अश्लील तस्बिर राखेको भन्दै साइबर ब्यूरोमा उजुरी दिइएको यादवका निजी सचिव महेश चौरशियाले बताए।
पूर्व उपप्रधानमन्त्री यादवको आधिकारिक रुपमा भेरिफाइड ब्लूटिक भएको फेसबुक पेज नियमित सञ्चालनमा रहेको चौरशियाले बताए।
यादवको नाम, थर र तस्बिर प्रयोग गरी अज्ञात व्यक्ति/समूहले सामाजिक सञ्जाल फेसबुकमा फेक पेज बनाई यही भाद्र १३ गते बिहान उक्त पेजको स्टोरीमा अपरिचित महिलाको अश्लील फोटोहरु अपलोड गरेर चरित्र हत्या गरेको बताएका छन्।
उक्त फेक पेजको यूएरएल आईडीको आधारमा अनुसन्धान गरी त्यस्तो अभद्र एवं अश्लील कार्यमा संलग्न दोषीमाथि यथाशीघ्र कारबाही प्रक्रिया बढाउन यादवले आग्रह गरेका छन्।
Shares
प्रतिक्रिया