ad ad

राजनीति


एमाले नेताहरूको २१ सदस्यीय टोली शनिबार चीन जाने, को को जाँदैछन्?

एमाले नेताहरूको २१ सदस्यीय टोली शनिबार चीन जाने, को को जाँदैछन्?

फाइल फोटो


नेपालखबर
भदौ १३, २०८० बुधबार २०:५३, काठमाडौँ

नेकपा एमालेका नेताहरु १३ दिन लामो चीन भ्रमणमा जाँदैछन्।

महासचिव शंकर पोखरेलसहित २१ जनाको टोली आगामी शनिबार बेलुका चीनको दुई हप्ता लामो भ्रमणमा जान लागेका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणमा जान लागेको उच्च स्तरीय भ्रमण टोलीमा महासचिव पोखरेलसहित जनसंगठनका पदाधिकारी, युवा संघ, जिफन्टका पदाधिकारी समेटिएको केन्द्रीय सदस्य रचना खड्काले बताइन।

उनका अनुसार विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह भ्रमण टोलीमा छन्।

राष्ट्रिय युवा संघ अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समीक बडाल, अखिल नेपाल महिला संघ अध्यक्ष टुका हमाल पनि भ्रमण दलमा समेटिएका छन्।

यस्तै, केन्द्रीय सदस्यहरु गोपाल खनाल मञ्जु गुरुङ, कल्पना थापा, मानवीर राई, नीरज आचार्य, अजय गुप्ता, कपिल पोखरेल, पीताम्बर भुसाल, सहदेव बोगटी, राम राना पनि छन्।

जिफन्टका महासचिव लक्ष्मण शर्मा र प्रेस चौतारीका उपाध्यक्ष राजेश राई समेत भ्रमणमा जाने निश्चित भएको उनले बताइन्।

टोली बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्नेछ। चीनका केही ऐतिहासिक शहरहरुको अवलोकन गरेर टोली भदौ ३० मा नेपाल फर्किने खड्काले जानकारी दिइन्।

प्रधानमन्त्री प्रचण्डले असोज ४ मा चीन भ्रमणमा जादैछन्। त्यसअघि एमालेका नेताहरुलाई चिनिया कम्युनिष्ट पार्टीले बेइजिङ भ्रमण गराउन लागेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .