ad ad

राजनीति


चोक–चोकमा प्रचण्डलाई ‘हत्यारा’ बनाएर जेल पठाउने प्रचार भइरहेको छ : विप्लव

माओवादीलाई जेलमा अपराधी करार गर्ने प्रचार भएकोमा आपत्ति
चोक–चोकमा प्रचण्डलाई ‘हत्यारा’ बनाएर जेल पठाउने प्रचार भइरहेको छ : विप्लव

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देशसभामा बोल्दै चन्द।


नेपालखबर
भदौ १५, २०८० शुक्रबार १५:१३, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हत्याराको आरोप लगाइरहेको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले नेपालमा माओवादीहरू फेल भएको प्रचारबाजी व्यापक हुँदै गएको बताए।

‘नेपालमा समाजवाद सम्भव छैन, कम्युनिस्टहरु फेल खाए, माओवादीहरु फेल खाए, यो खालको असफल भए भनेर प्रचार व्यापक गरिँदैछ,’ उनले भने, ‘अहिले प्रचण्ड देशको प्रधानमन्त्रीको रुपमा हुनुहुन्छ। उहाँले देशको नेतृत्व गरिरहनुभएको छ। तर, उहाँलाई अहिले हत्याराको आरोप लगाइएको छ। बजारमा, चोक चोकमा त्यो प्रचार चलिरहेको छ।’

साथै, उनले माओवादी आन्दोलनको विरुद्धमा ठूलो समूह लागेको दाबी गरे।

‘आज हामी अपराधीहरुको आरोप माओवादी आन्दोलनको विरुद्धमा लगाइएको छ। जसले परिवर्तनको नेतृत्व गरेको कार्यकारी प्रमुखको समेत मुद्धा चलिरहेको छ। छिटोभन्दा छिटो प्रचण्डहरुलाई जेल पठाउने र माओवादीलाई जेलमा अपराधी करार गर्ने प्रचार भइरहेको छ,’ उनले भने।

उनले माओवादीहरू फुट्न मात्रै नभई जुट्न पनि जानेको बताए। 

‘म भन्न चाहन्छु, माओवादीहरू फुट्न मात्र होइन, जुट्न पनि जानेका छन्। इतिहासको हेक्का राख्नुपर्छ,’ विप्लवले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .