प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा ठूला उपलब्धिमूलक सम्झौतामा हस्ताक्षर हुँदा पनि धेरै नकारात्मक चर्चा गरिएको बताएका छन्।
समाजवादी मोर्चा नेपालले पोखरामा गरेको सन्देशसभालाई सम्बोधनका क्रममा प्रचण्डले भारत भ्रमणमा त्यति धेरै उपलब्धि भए पनि कसैले सुन्नै नचाहेको बताए।
‘भारतमा जाँदा त्यत्रो उपलब्धि भए सुन्नै चााहेनन्। पावर ट्रेड सम्झौता भयो, पञ्चेश्वर अघि बढाउने कुरा भयो तर मुर्रा मात्रै लिएर आयो भनेर हल्ला गरे’, उनले भने, ‘त्यही मुर्रा पनि २०७२ सालदेखि ल्याउने भनेको रहेछ। तर अनेक जना प्रधानमन्त्री बन्दा पनि ल्याउन नसकेका रहेछन्।’
उनले मुर्रा नेपालका किसानका लागि आवश्यक रहेकाले नै आफ्नो पालामा ल्याउन सफल भएको पनि बताए।
प्रचण्डले अब छिट्टै न्युयोर्क जान लागेको बताए। उनले त्यहाँ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएपछि त्यहीँबाट चीन जाने बताए। उनले चीन भ्रमणलाई सकेसम्म फलदायी बनाएर फर्किने पनि जानकारी दिए।
Shares
प्रतिक्रिया