ad ad

राजनीति


बरमझिया पुगेपछि एमाले अध्यक्ष ओलीले सम्झिए आफूले पनि पेडा पसलमा काम गरेको विगत

बरमझिया पुगेपछि एमाले अध्यक्ष ओलीले सम्झिए आफूले पनि पेडा पसलमा काम गरेको विगत

नेपालखबर
भदौ १६, २०८० शनिबार ८:२७, काठमाडौँ

पेडामा प्रसिद्धि कमाएको सप्तरीको बरमझिया पुगेर नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले पनि विगतमा बरमझियामा दुई दिनसम्म बसेर पेडा बनाएको स्मरण गरेका छन्। 

सिरहाबाट विराटनगर हुँदै काठमाडौं फर्किने क्रममा १३ भदौमा ओली बरमझियास्थित बैजनाथ साहको पेडा पसलमा पुगेका थिए।

बरमझियामा झण्डै ६५ वर्षअघि पहिलो पटक पेडा बनाउने साहको पसल अगाडि खिचेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ओलीले विगतमा आफूले पनि दुई दिनसम्म बरमझियामा बसेर पेडा बनाएको स्मरण गरेका हुन्। 


‘राति करिब ९:१० बजेको थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझियाको पेडा पसल पुगियो’, ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नुभएको थियो। यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ। अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिन सम्झना गरियो।’

सप्तरीको कञ्चनरुप नगरपालिका–१ बरमझियामा एकैखाले नामका दर्जनौँ पेडा पसल छन्।

यहाँ पेडा पसल गर्ने प्रायः सबै व्यवसायीले आफ्नो पसलको नाममा असली, बुढो बाजे, पुरानो बाजे, सबैभन्दा पुरानो बाजे, बैजनाथ बाजे, बैधनाथ बाजे जस्ता शब्दलाई समेटेर बोर्ड झुन्ड्याएका छन्।

एकै स्थानमा मिल्दाजुल्दा नामका दर्जनौँ पेडा पसल देख्दा कुन असल, कुन कमसल, कुन पुरानो, कुन नयाँ, ग्राहकलाई छुट्याउनै मुस्किल पर्छ। मिल्दाजुल्दा नामका दर्जनौँ पसल देख्दा ग्राहक अलमलमा पर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .