मुटुमा असजिलो महसुस भएपछि उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बिहान ह्याम्स अस्पताल पुगेका छन्।
भेटमा अध्यक्ष थापासँग पूर्वयुवराज पारसले आफू ठीक रहेको र अहिले खासै केही समस्या नभएको बताए। थापाले स्वास्थ्यलाभको कामना गर्दै पूर्वयुवराज शाहलाई केही समय आराम गर्न सुझाव दिएका थिए।
पारसलाई भेट्न अध्यक्ष थापासँग राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला पनि गएका थिए।
अस्पताल स्रोतका अनुसार पारस आजै डिस्चार्ज हुनेछन्।
1.2k
Shares
प्रतिक्रिया