नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कर्मकाण्डी पार्टी नभएको दाबी गरेका छन्। उनले पार्टीको लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
अरु पार्टीको जस्तो अधिवेशनका लागि अधिवेशन आफ्नो पार्टीमा नहुने उनले बताए।
‘नेकपा एमाले कर्मकाण्ड होइन। महान उद्देश्यहरुतर्फ फर्किएको छ। ती उद्देश्यहरु यस पार्टीले गर्ने छ। गरिआएको छ। यसको काँधमा अरु पार्टीजस्तो जसरी भएपनि सरकार बनाउँ, सरकारमा पुगौं र टिकौं भन्ने होइन,’ ओलीले भने।
30
Shares
प्रतिक्रिया