ad ad

राजनीति


सरकारले तीन दिनसम्म संविधान दिवस मनाउने

सरकारले तीन दिनसम्म संविधान दिवस मनाउने

फाइल तस्बिर


नेपालखबर
भदौ १७, २०८० आइतबार १२:४४, काठमाडौँ

सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका अनुसार बैठकले असोज २,३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहसहित संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ।

असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन्।

‘असोज २,३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहकासाथ संविधान दिवस मनाउने कार्यक्रम आजको बैठकले निर्णय गरेको छ। संविधान दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतमा बसेको बैठकले निर्णय गरेको छ’, उनले भने, ‘असोज २ गते विभिन्न कार्यक्रमहरु, स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गरिनेछ। ३ गते भव्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा गर्ने, देशभर  बृहत कार्यक्रम गर्ने भएको छ। विदेशस्थित दूतावासहरु, कूटनीतिक नियोगमा मनाउने, तीन दिन नै बेलुका दीपावली गरेर संविधान दिवस मनाउने भएको छ।’

मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .