राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो।
भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूर्योकमा हुने संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
भेटमा उनीहरुबीच मुलुकका अरु समसामयिक विषयमा पनि विचारविमर्श भएको पोखरेलले बताए।
9
Shares
प्रतिक्रिया