ad ad

राजनीति


प्रतिरोध जनअधिकार आन्दोलन दाङको अध्यक्षमा अमृत विश्वकर्मा

प्रतिरोध जनअधिकार आन्दोलन दाङको अध्यक्षमा अमृत विश्वकर्मा

नेपालखबर
भदौ १८, २०८० सोमबार १३:४५, काठमाडौँ

प्रतिरोध जनअधिकार आन्दोलन दाङको अध्यक्षमा अमृत विश्वकर्मा चयन भएका छन्।

घोराहीमा सम्पन्न भेलाले विश्वकर्माको अध्यक्षतामा सात सदस्यीय जिल्ला समिति चयन गरेको हो।

भेलालाई सम्बोधन गर्दै प्रतिरोध जनअधिकार आन्दोलनका केन्द्रीय संयोजक प्रमोद धितालले राष्ट्रय राजनीतिमा देखिएको विकृतिका कारणल प्रतिरोधी  चिन्तन, विचार र संस्कृतिको ठाउँमा सम्झौतावादी प्रवृत्ति हावी भएको बताए। उनले उहिलेको सचेत युस्ताले एक्लै भए पनि सत्य र न्यायपूर्ण आन्दोलन विचारको पक्षमा उभिनु पर्ने बताए।

‘राष्ट्रिय राजनीतिमा देखिएको विकृतिले  सबैतिर सोम्झौतावादी प्रवृति हावी भएको छ’, संयोजक धितालले भने, ‘अहिलेको सचेत पुस्ताको चुनौति भनेको एक्लै भए पनि सत्य र न्यायपूर्ण आन्दोलनको पक्षमा उभिनु हो । यही नै सच्चा वामपन्थीको दाष्त्वि हो।’

संयोजक धितालले यतिखेर नेपालको वाम आन्दोलन इतिहासमै सबैभन्दा बढी वैचारिक संकटका बीचबाट गुज्रिरहेको र त्यसको प्रभाव राष्ट्रियता, जनताका अधिकार र जनजीविकाका सवालहरुमा पनि परेको बताए। उनले वैचारिक संकटमा रहेको कम्युनिस्ट आन्दोलनलाई सही दिशानिर्देश गर्ने काममा प्रतिरोध लागि पर्ने बताए।

भेलापश्चात बसेको पहिलो बैठकले संगठनको अवधारणा र नीतिमा आधारित रही संगठन निर्माण, जनसरोकारका विभिन्न विषयहरुमा केन्द्रित रही अन्तरक्रिया, विचारगोष्ठी लगायत अन्य गतिविधिहरु सञ्चालन गर्दै जाने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .