ad ad

राजनीति


सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास हरायो : केसी

सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास हरायो : केसी

नेपालखबर
भदौ १८, २०८० सोमबार १५:२, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेपाली का‌ग्रेस सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताएका छन्।

सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरुलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गरेका हुन्।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भ्रष्टाचारको फायलहरु एकपछि अर्को खुलेपनि त्यो बीचमै तुहिने अवस्था आएको भन्दै त्यसतर्फ सरकारलाई सचेत गरए।

सांसद केसीले मुलुकमा सामाजिक सदभाव बिलोलिने काम भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोश व्यक्त गरे।

‘भ्रष्टाचार र तस्करीबाट सम्पूर्ण देश आक्रान्त छ। जबसम्म भ्रष्टाचारलाई सही ढंगबाट जरोसम्म पुगेर त्यसलाई निराकरण गर्न सकिन्न, त्यतिबेलासम्म सुशासनको प्रत्याभुति हुन सक्दैन। भ्रष्टाचारविहीन समाजनै सुशासनको प्रत्याभुतिको आधार हो। फायलहरू एकपछि अर्को खुलेका छन्। तर ती कुनैपनि टुंगोमा नपुग्ने र बीचमै त्यो तुहिनेखालको जो परिस्थितिहरु देखा परेको छ,’ उनले भने, ‘५ महिना र ७ महिना नपुग्दै अहिले प्रहरी अफिसरहरु जुन ढंगले परिवर्तन भएका छन। त्यो परिवर्तन के का लागि, किन? कमसेकम न्युनतम एक वर्षसम्म रहने त सामान्य नियम हो। जुन ढंगले सरुवा गर्ने काम भएको छ। त्यसले आम रुपबाट भष्टाचार गतिविधिहरुलाई नियन्त्रण हुन्छ भन्ने कुराको विश्वास हराएको छ। सरकार यतातिर शतर्क बनोस्।’

सांसद केसीले भ्रष्टाचार नियन्त्रणका लागि विगतमा बनेका आयोगहरुको सुझाव कार्यान्वयन नभएकाले अब बन्ने आयोगले पनि केही काम गर्ला भनेर अपेक्षा गर्न सकिने अवस्था नरहेको पटकपटक दोहो¥याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .