ad ad

राजनीति


निजामती सेवा विधेयक भोलि नै मन्त्रिपरिषद्‍बाट पारित गरेर संसद् पठाउँछौँ : प्रधानमन्त्री

निजामती सेवा विधेयक भोलि नै मन्त्रिपरिषद्‍बाट पारित गरेर संसद् पठाउँछौँ : प्रधानमन्त्री

राष्ट्रियसभामा प्रधानमन्त्री। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
भदौ १८, २०८० सोमबार १५:१४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसद्‍मा पेस गर्ने बताएका छन्।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यसबारेको जानकारी दिएका हुन्।

‘पहिला आवश्यक परिमार्जन गरेर अघि बढाउन ढिला भएको हो’, उनले भने, ‘सम्भवतः भोलिको मन्त्रिपरिषद् बैठकबाट पारित गरेर सदनमा पठाउँछौँ।’

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्ले पारित गरेको शिक्षा ऐनमा बाहिरी चलखेल भएको आरोपमा कुनै सत्यता नभएको पनि दाबी गरे।

‘बाहिरबाट दबाब आएर फेरेको कुरामा सत्यता छैन,’ उनले भने, ‘मन्त्रिपरिषद्‌मा विधेयक प्रस्तुत हुँदा म आफैंले हेरेर यो ओरिजिनल भन्दा केही फरक ढंगले आयो, परिमार्जन गर्नुपर्छ भनेको दुईतीन दिनपछि आन्दोलनको रूप देखिएको हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .