ad ad

राजनीति


कालापानी विवाद नेपाल र भारतले मिलेर टुंग्याउनुपर्छ, चीनले नक्सा परिवर्तन गर्दैन : हु सिसेङ

कालापानी विवाद नेपाल र भारतले मिलेर टुंग्याउनुपर्छ, चीनले नक्सा परिवर्तन गर्दैन : हु सिसेङ

नेपालखबर
भदौ १८, २०८० सोमबार १८:४१, काठमाडौँ

नेपाल मामिलाका जानकार चिनियाँ प्रोफेसर हु सिसेङले कालापानी सम्बन्धी विवाद नेपाल र भारतले मिलेर टुंग्याउनुपर्ने बताएका छन्। 

चिनियाँ थिंक ट्यांक चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) का निर्देशक हुले नेपाल–चीन अध्ययन केन्द्रले काठमाडौँमा आयोजना गरेको ‘कन्टेम्पोररी नेपाल–चाइना रिलेसन्स’कार्यक्रममा यस्तो बताएका हुन्।

हालै चीनले जारी गरेको आधिकारिक नक्सा परिवर्तन नगर्ने पनि उनले बताए। यस वर्ष चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि चीनले नेपालले जारी गरेको पछिल्लो राजनीतिक नक्सालाई मान्यता नदिएको चर्चा सुरु भएको छ।

‘मेरो व्यक्तिगत विचारमा चीनले जारी गरेको सो नक्सा अब परिवर्तन गर्दैन,’ उनले भने।

प्रोफेसर हुले भने, ‘नेपालले जारी गरेको नक्सामा पनि चीनले दाबी गरेका भूभाग समावेश छैनन्। न त भारतले दाबी गरेका भूभाग नै समावेश छन्। यस हिसाबले कालापानी क्षेत्रको विवाद नेपाल र भारतबीचको द्विपक्षीय मामिला हो। त्यसैले यो विषय नेपाल र भारतले समाधान गर्नुपर्छ।’

नेपाल, चीन र भारतबीचको त्रिदेशीय विन्दुको पहिचान चाहिँ तीन मुलुक मिलेर गर्नुपर्ने उनले बताए।

‘नेपालको भौगोलिक अखण्डताप्रति चीन सदैव संवेदनशील छ। तर, नेपाल–भारतबीचको द्विपक्षी मामिला दुवै मुलुक मिलेर समाधान गर्नुपर्छ,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .