ad ad

राजनीति


एमाले लुम्बिनीको नयाँ नेतृत्व चयनका लागि सुरु भयो मतदान

एमाले लुम्बिनीको नयाँ नेतृत्व चयनका लागि सुरु भयो मतदान

नेपालखबर
भदौ १९, २०८० मंगलबार ९:५, बुटवल

नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।  

मंगलबार बिहान ८ बजेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान शुरू भएको हो। एमाले लुम्बिनीको अध्यक्षमा नेताहरु राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन्।

प्रथम प्रदेश अधिवेशनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो।

सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर आज बिहानदेखि सुरु गरिएको हो। रातको समयमा मतदान गर्दा गलत सन्देश जाने भएकाले मतदानको कार्यक्रम आज बिहानको लागि सारिएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए।

अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै प्रदेश नेतृत्व चयन गर्न दिएको निर्देशन दिएका थिए। 

तर, नेतृत्वमा दुबै खेमाले आ(आफ्नो दाबी नछाडेपछि दुईवटा प्यानल बनाएर नेताहरु चुनावी मैदानमा उत्रिएका छन्। 

एमाले लुम्बिनीको अध्यक्षमा प्रतिस्पर्धा गर्ने कँडेल पाल्पाका हुन्। उनी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन्।

त्यसैगरी महासचिव शंकर पोखरेल निकट मानिने रिजाल प्युठानका हुन्। कँडेल प्रदेश कमिटीको निवर्तमान अध्यक्षसमेत हुन्। रिजाल पार्टीको केन्द्रीय सदस्य हुन्।

एमाले लुम्बिनीको सचिवमा लक्ष्मण आचार्य  निर्विरोध निर्वाचित भइसकेका छन्। सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा चुनाव हुन लागेको हो। चुनावले ५ पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश समिति निर्वाचित गर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .