ad ad

राजनीति


खुकुरी प्रहारमा परेका सहमहामन्त्री यादवलाई भेट्न ट्रमा पुगे देउवा

खुकुरी प्रहारमा परेका सहमहामन्त्री यादवलाई भेट्न ट्रमा पुगे देउवा

नेपालखबर
भदौ २०, २०८० बुधबार १७:८, काठमाडौँ

खुकुरी आक्रमणमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई भेट्न पार्टी सभापति शेरबहादुर देउवा ट्रमा सेन्टरमा पुगेका छन्। 

सहमहामन्त्री यादवलाई बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टस क्लबबाट निस्कँदै गर्दा नुवाकोट घर भएका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए। 

आफूलाई अभियान्ता भनेर चिनाउँदै हिँड्ने सापकोटाले ‘एमसीसी’को विरोध गर्दै सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका थिए।

यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सापकोटा नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई हाल बालाजु पैयुटार बस्दै आएका थिए।

ट्रमा अस्पताल उपचाररत यादवको टाउकोको पछाडी भागमा गहिरो चोट लागेको छ।

उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

श्यामबाबु सापकोटालाई प्रहरीले तत्काल खुकुरी सहित नियन्त्रणमा लिई सोधपुछ कार्य जारी राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .