नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरकी अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य नमुना पाण्डे नेकपा एमालेमा प्रवेश गरेकी छन्।
बुधबार दिउँसो भक्तपुरस्थित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर पाण्डे एमालेमा प्रवेश गरेकी हुन्। उनलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरे।
माओवादी केन्द्रको नेतृत्वले पार्टीलाई क्लबमा परिणत गरेको बताउँदै यसबाट देश समृद्धितर्फ लम्कन नसक्ने देखेर एमाले रोजेको पाण्डेले बताइन्।
उनले देशमा एमाले मात्रै कम्युनिष्ट पार्टी रहेको बुझेर आफू एमालेमा प्रवेश गरेको पनि दाबी गरेकी छन्।
219
Shares
प्रतिक्रिया