ad ad

राजनीति


डा. मीनेन्द्र रिजालले दुःखी हुँदै भने– मुकुन्द भाइप्रति हार्दिक श्रद्वाञ्जली!

डा. मीनेन्द्र रिजालले दुःखी हुँदै भने– मुकुन्द भाइप्रति हार्दिक श्रद्वाञ्जली!

फाइल तस्बिर : वडाध्यक्ष मुकुन्द रिजाल


नेपालखबर
भदौ २१, २०८० बिहिबार १०:२६, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

निमोनियाका कारण वडाध्यक्ष रिजालको उपचारका क्रममा आज बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो। 

रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत थिए। 

उनको निधनले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै कांग्रेस नेता डा. रिजालले श्रद्धाञ्जली व्यक्त गरेका हुन्। साथै उनले पीडित परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन्। 

‘नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का सभापति एवम् काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालको असामयिक निधनको खबरले दुखित छु’, डा. रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मुकुन्द भाइप्रति हार्दिक श्रद्वाञ्जली! सम्पूर्ण परिवारजनमा समवेदना।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .