ad ad

समाज


१२ वर्षीया बालिका बलात्कार गर्ने १९ वर्षीय युवकलाई १८ वर्ष कैद, ६ लाख जरिवाना

१२ वर्षीया बालिका बलात्कार गर्ने १९ वर्षीय युवकलाई १८ वर्ष कैद, ६ लाख जरिवाना

नेपालखबर
भदौ २१, २०८० बिहिबार १०:४१, उदयपुर

उदयपुरमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र ६ लाख २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

उदयपुर जिल्ला अदालतले बालिका बलात्कारका अभियुक्त बेलका नगरपालिका(५ का सुशान्त मगरलाई १८ वर्ष कैद र ६ लाख २० हजार रुपैयाँ जरिवाना गर्न हुने फैसला गरेको हो।

गएको मंगलबार न्यायाधीश नवराज दुलालको इजालासले मगरलाई १८ वर्ष कैदसहित जरिवानाको फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले जानकारी दिए।

मगले २०७८ फागुन १३ गते गाउँकै एक बालिकालाई जबर्जस्ती करणी गरेका थिए। घटनाको भोलिपल्ट बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय रामपुरमा जाहेरी दिएका थिए।

प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि गएको चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो। जसको फैसला गएको मंगलबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .