ad ad

राजनीति


पशुपति आर्यघाट लानुअघि वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिने

पशुपति आर्यघाट लानुअघि वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिने

फाइल तस्बिर : वडाध्यक्ष मुकुन्द रिजाल


नेपालखबर
भदौ २१, २०८० बिहिबार १०:४९, काठमाडौँ

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको अन्त्येष्टि गर्नुअघि उनको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिने भएको छ। 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का सभापतिसमेत रहेका रिजालको  उपचारका क्रममा आज बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो। 

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलका अनुसार श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर अहिले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राष्ट्रिय सभागृहमा राखिनेछ।

त्यसपछि दिउँसो साढे १ बजे पशुपति आर्यघाट लगिने र दिउँसो ३ बजे अन्त्येष्टि गरिने प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता पौडेलले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .