ad ad

राजनीति


महेन्द्र यादवलाई आक्रमण र कान्ति अस्पतालको घटनाबारे जानकारी गराउन सभामुखको रुलिङ

महेन्द्र यादवलाई आक्रमण र कान्ति अस्पतालको घटनाबारे जानकारी गराउन सभामुखको रुलिङ

नेपालखबर
भदौ २१, २०८० बिहिबार १६:३६, काठमाडौँ

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस सहमहामन्त्री एवम् संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको आक्रमणबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरुले ती घटनाबारे ध्यानाकर्षण गराएपछि उनले सरकारलाई रुलिङ गरेका हुन्। 

यादवलाई खुकुरी प्रहारको घटना र कान्ति बाल अस्पतालमा उपचार अभाव ज्यान गुमाएकी ५ वर्षीया बालिकाबारे सम्पूर्ण जानकारी गराउन घिमिरले सरकारलाई निर्देशन दिएका हुन्।

‘आजको आकस्मिक, शुन्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुरा छन्। यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देश गर्दछु’, उनले भनेका छन्। 

बैठकमा सत्ता र प्रतिपक्षी सांसदहरुले ती दुवै अपराधिक घटनामा संलग्न दोषीहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .