ad ad

राजनीति


मानुषी यमीले बालकोट पुगेर भेटिन् एमाले अध्यक्ष केपी ओलीलाई

मानुषी यमीले बालकोट पुगेर भेटिन् एमाले अध्यक्ष केपी ओलीलाई

केपी ओलीसँग भेटका क्रममा मानुषी यमी। तस्बिर : मानुषी यमीको फेसबुकबाट


नेपालखबर
भदौ २२, २०८० शुक्रबार १२:३५, काठमाडौँ

नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले संसद्‍को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेकी  छन्।

शुक्रबार बिहान पति जिकेन्द्र श्रेष्ठसहित ओलीसँग संवादका लाागि मानुषी बालकोट पुगेकी हुन्।

उनले बालकोटमा ओलीसँग समसामयिक विषयमा कुराकानी र छलफल भएको बताएकी छन्। तर उनले कुराकानीको विस्तृत विवरण भने खुलाएकी छैनन्। 

पछिल्लो समय बाबुराम नेतृतत्वको समाजवादीले देशव्यापी संगठन विस्तार अभियान चलाइरहेको छ।

समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराई आफैंले परिकल्पना गरेको समाजवादी मोर्चामा पनि सहभागी हुन पाएनन्।

समाजवादी मोर्चामा संगठित हुन वञ्चित भएपछि उनी अहिले पार्टी संगठन विस्तार अभियानमा छन्। 

यसबीचमा मानुषीको बालकोट यात्रालाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ।

२०७९ मंसिरमा भएको आमनिर्वाचनका क्रममा मानुषीले माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिष्पर्धा गरेकी थिइन्।

त्यसबेला उनी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग पराजित भइन्। अहिले उनी बुवा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपामै सक्रिय छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .