ad ad

राजनीति


आइतबार हेटौंडामा समाजवादी मोर्चाको सन्देश सभा

आइतबार हेटौंडामा समाजवादी मोर्चाको सन्देश सभा

नेपालखबर
भदौ २३, २०८० शनिबार १८:७, काठमाडौँ

समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय  सन्देश सभा आइतबार मकवानपुरको हेटौंडामा गर्ने भएको छ। शनिबार पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले उक्त सन्देश सभाबारे जानकारी गराएका छन्। 

सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार  बागमती प्रदेशको हेटौँडामा सभा हुने नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन्। 

आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्नेसमेत तयारी छ।

आइतबार आयोजना गर्न लागिएको झेलालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रदेश अध्यक्ष भुसालले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .