ad ad

राजनीति


प्रधानमन्त्रीलाई रास्वपाको सुझाव : भारत भ्रमणमा जस्तो भद्रगोल चीन जाँदा नहोस्

उपसभापति अर्यालले बुझाए सात बुँदे सुझाव
प्रधानमन्त्रीलाई रास्वपाको सुझाव : भारत भ्रमणमा जस्तो भद्रगोल चीन जाँदा नहोस्

सिंहदरबारमा बसेको सर्वदलीय बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
भदौ २४, २०८० आइतबार ११:५१, काठमाडौँ

आगामी असोज पहिलो हप्ता अमेरिका हुँदै चीन भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले सात बुँदे सुझाव दिएको छ।

आइतबार सिंहदरबारमा बसेको संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरुसँगको बैठकका क्रममा रास्वपा उपसभापति डोलप्रसाद अर्यालले प्रधानमन्त्री प्रचण्डलाई सात बुँदे लिखित सुझाव बुझाएका हुन्। 

उपभापति अर्यालका अनुसार प्रधानमन्त्रीलाई यसअघिका भ्रमणमा जस्तो जम्बो टोली लिएर नजान भनिएको नेपालखबरलाई बताएका छन्। 

‘यसअघि जस्तो जम्बो टोली लिएर गएको विषयमा हामीले त्यस्तो गल्ती नदोहोर्‍याउन भनेका छौँ’, उनले भने, ‘भारत भ्रमणमा जाँदा टोलीका सदस्यले अनुशासन पालना नगरेको विषय बैठकमा लिखित रुपमा राखेका छौँ। भारत जाँदा जस्तो भद्रगोल चीन जाँदा नदोहोरियोस् भनेका छौँ।’

रास्वपाले चीन भ्रमणका लागि सात बुँदे सुझाव बुझाएपछि प्रधानमन्त्री प्रचण्डले आफू यस पटक सचेत रहेको जवाफ दिएका छन्। 

‘यस पटक म सचेत छु’, जवाफमा प्रधानमन्त्रीले भने, ‘तपाईंहरुकै सुझावअनुसार भ्रमण टोली सकेसम्म छरितो हुनेछ। भ्रमणमा अनुसशान पालनालाई लिएर पनि म गम्भीर छु।’

प्रचण्ड भारत भ्रमणमा जाँदा परराष्ट्र मन्त्रालयले तय गरेको न्यूनतम् शिष्टाचार पालना नगरेको, परराष्ट्र मन्त्रीसहितका सरकारी अधिकारीलाई भन्दा राजनीतिक भेटघाटमा छोरीलाई प्राथमिकता दिएको जस्ता विषयले आलोचना भएको थियो।

त्यस्तै प्रधानमन्त्रीले राजघाटमा श्रद्धाञ्जली दिने क्रममा नेपाली भ्रमण टोलीका सदस्यहरुले मोबाइल निकालेर फोटो खिच्न व्यस्त रहेका जस्ता कुराले विवाद भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .