ad ad

राजनीति


सर्वदलीय बैठक : ओली केहीबेर बसेर निस्किए, देउवाले शुभकामना दिए, नेपालले नक्साको विषय उठाए

सर्वदलीय बैठक : ओली केहीबेर बसेर निस्किए, देउवाले शुभकामना दिए, नेपालले नक्साको विषय उठाए

सिंहदरबारमा बसेको सर्वदलीय बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
भदौ २४, २०८० आइतबार ११:५८, काठमाडौँ

प्रधानमन्त्रीले आफ्नो आसन्न चीन भ्रमणलाई लिएर आइतबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा विभिन्न दलका नेताहरुले आफ्नो सुझाव दिएका छन्।

बैठकमा सत्तादेखि प्रतिपक्षी दलका समेत नेताहरु र सांसदहरु सहभागी  थिए।

उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सहाभगी थिए।

उनी बैठकमा केही बेरमात्रै बसेर निस्किएका थिए। उता सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणको सफलताको शुभकामना दिए।

अर्कातिर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चीनले अगस्ट २१ मा जारी गरेको नक्साबारे कुरा उठाए। 

उनले २०७५ वैशाखमा जारी भएको नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिएको कुरा आफूलाई थाहा नभएको बताए। 

‘नक्साको विषय मलाई पनि जानकारी नभइकन कसरी अन्तर्राष्ट्रिय समुदायलाई पठाइयो?’, उनले भने, ‘मैले अहिलेसम्म थाहा पाएको छैन, कसरी कूटनीतिक रुपमा जानकारी गराइयो?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .