ad ad

राजनीति


निषेध गरेर हुँदैन, कांग्रेसले कोशीमा जिम्मेवारपूर्ण भूमिका खेलोस् : प्रदीप ज्ञवाली

निषेध गरेर हुँदैन, कांग्रेसले कोशीमा जिम्मेवारपूर्ण भूमिका खेलोस् : प्रदीप ज्ञवाली

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८० आइतबार १३:१, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन्। 

आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले पहिलादेखि नै कांग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भने पनि ठूलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाट भएको बताए। 

उनले प्रदेशप्रतिको वितृष्ण बढेर गएर नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै कांग्रेसले समाधानको बाटोमा जानुपर्ने बताए। उनले प्रदेशको हित र संविधानको रक्षाका कांग्रेसले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने बताए।

‘हामीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल गरिरहेका छौँ। पहिलादेखि नै हामीले उहाँहरुलाई भनेको त्यही थियो। त्यहाँ जुन ढंगको शक्ति छ, निषेध गरेर नजाऔँ। उहाँहरुले निषेध गर्न कोशिश गर्नुभयो। त्यसका लागि संविधान मिच्ने काम भए, त्यसको परिणाम आज हामीले भोगिरहेका छौँ’, ज्ञवालीले अगाडि भने, ‘अब पनि त्यही बाटोमा जाने हो भने या त प्रदेशबारे वितृष्णा बढेर जान्छ, या त त्यसको समाधानका लागि नयाँ चुनावमा जानुपर्ने हुन्छ। जुन कुरा हाम्रो प्राथमिकतामा छैन। कांग्रेसले जिम्मेवार भूमिका खेलोस्। हामी प्रारम्भिक चरणको कुराकानीमा छौँ। अहिले नै कुनै संकेत छैन, प्रदेशको हित र संविधानको रक्षाका लागि त्यसो गर्नु राम्रो हुन्छ।’

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझाव मागेपछि आफूले विश्वास बटुलेर आउन सुझाव दिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .