नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले विगतका कमजोरीलाई स्वीकार गर्दै दृढ भएर जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन्।
आइतबार मकवानपुरको हेटौंडामा आयोजित समाजवादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका
क्रममा उनले यस्तो बताएका हुन्।
‘हामी सबै एक भएर राजतन्त्र ढाल्यौँ, हाम्रो एकता आज अवस्था परिवर्तन, समाजवादको पक्ष र पुँजीवादविरुद्ध हो’, उनले सम्बोधनका क्रममा भने।
अध्यक्ष नेपालले समानताको सिद्धान्त लागू गर्न र जनतालाई स्तरीय जीवन बाँच्न पाउने आधार तयार गर्न समाजवादी मोर्चाका दलहरु एक भएर काम गर्ने पनि बताएका छन्।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ र सहयोग गर्ने बताए।
उनले वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको भन्दै सरकारलाई अझ सशक्त बनाउँदै जनपक्षीय काममा लाग्न सुझाव दिएका छन्।
समाजवादी फोरमका नेता शिवलाल थापा मगरले पहिचानवादीका नाममा आन्दोलन गर्नेलाई झुटा मुद्दा लगाइएको बताउँदै तत्काल रिहाइको माग गरे।
संविधानमा उल्लेख भएबमोजिम स्थानीय भाषामा पठनपाठन गरिनुपर्ने र त्यसतर्फ वर्तमान सरकार लागेकोमा उनले धन्यवाद दिए।
मगरले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै थप फाइल खोल्न पनि सुझाए।
Shares
प्रतिक्रिया