संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको सोमबार राति हृदयाघातका कारण निधन भएको हो।
उनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै राष्ट्रपति पौडेलले नेम्वाङप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
— President of Nepal (@OOP_Nepal) September 11, 2023सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ।दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।
48
Shares
प्रतिक्रिया