नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।
ट्विटरमार्फत उनले नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
— Sher Bahadur Deuba (@SherBDeuba) September 12, 2023नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तव्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। pic.twitter.com/jE5BUI53HV
हृदयाघातका कारण सोमबार राति करिब २ बजे प्रतिनिधि सभा सदस्यसमेत रहेका नेम्वाङको निधन भएको हो। बालुवाटारस्थित निवासमा हृदयाघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।
33
Shares
प्रतिक्रिया