राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ।
बुधवार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन्।
सुशासनको प्रत्याभुति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबाबस्वरुप सरकारविरुद्ध प्रदर्शन गरेको छ।
भृकुटीमण्डपबाट शुरु भएको विरोध र्याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको छ।
30
Shares
प्रतिक्रिया