ad ad

राजनीति


मन्त्रिपरिषद्‌को बैठक बस्दै

मन्त्रिपरिषद्‌को बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०८० शुक्रबार ९:२२, काठमाडौँ

आज (शुक्रबार) मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय (सिंहदरबार) मा बस्ने बैठकमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे जानकारी गराउने कार्यक्रम छ। 

प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका जाँदै छन् भने त्यतैबाट असोज ५ गते चीन भ्रमणमा पनि जाने कार्यक्रम तय गरिएको छ। 

त्यसअघि प्रधानमन्त्री प्रचण्ड असोज ४ गते न्युयोर्कमा संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलन तथा जलवायु महत्वकांक्षा सम्मेलनमा सहभागी हुनेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .