ad ad

राजनीति


बीपीको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा ठूलो अन्याय हो : महामन्त्री थापा

बीपीको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा ठूलो अन्याय हो : महामन्त्री थापा

नेपालखबर
भदौ ३०, २०८० शनिबार १७:४९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन्।

शनिवार बीपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बीपीलाई महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताए। 

महामानव भनेर बीपीको विचारमा छलफल नै गर्नु नहुने, बीपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बीपीमाथिको ठूलो अन्याय हुने उल्लेख गरे। उनले बीपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गर्नुभएको उल्लेख गरे।

उनले बीपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बिपी माथिको अन्याय भएको बताए। उनले यसको प्रायश्चितमा काँग्रेसले यस पटक केन्द्रिय कार्यालयमा बिपी महोत्सव आयोजना गरेर बुझाएको पनि बताए।

‘महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरू खोज्नुपर्छ। महामानव भनेर बीपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बीपीमाथिको ठूलो अन्याय हो। बीपी मान्छे हो, मान्छे भित्रका कुरा हामीले बुझ्नुपर्छ,’ उनले भने, ‘बीपीले म मान्छे हुँ भनिरहनुभएको छ। मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ। तर मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छे भन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छाँै, त्यो अन्याय हो। त्यो अन्याय गरेको कुराबाट हामीले बाहिर निकाल्नुपर्छ। यसको प्रयास यसपटक नेपाली कांग्रेसको प्राङ्गणमा बीपी महोत्त्सव भनेर छलफल गरेका छौँ।’

महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भएपनि नैतिक शक्ति र नेता छ की छैन भन्ने प्रश्न खडा भएको बतए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .