ad ad

राजनीति


कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुनै सम्भावना छैन : विमलेन्द्र निधि

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुनै सम्भावना छैन : विमलेन्द्र निधि

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८० आइतबार १३:३९, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्रै भएको बताएका छन्।

जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शङ्का नरहेको बताए।

‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ। यसमा कुनै द्विविधा नराखे हुन्छ’, नेता निधिले भने, ‘पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ।’

वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो। 

राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा उनले जोड दिए। 

राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत सामान्य भएको उनको भनाइ थियो।

विकास निर्माणका काममा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्दै सबैलाई एकजुट भएर अघि बढ्न नेता निधिले आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .