ad ad

राजनीति


न्युयोर्क पुगे प्रधानमन्त्री प्रचण्ड, राष्ट्रसंघका स्थायी प्रतिनिधिले गरे स्वागत

न्युयोर्क पुगे प्रधानमन्त्री प्रचण्ड, राष्ट्रसंघका स्थायी प्रतिनिधिले गरे स्वागत

तस्बिरहरु : प्रदीपराज वन्त : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
भदौ ३१, २०८० आइतबार १८:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्क पुगेका छन्। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आइतबार न्युयोर्क पुगेको हो। 

प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ. केनेडि इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर स्वागत गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते ७८ औं महासभालाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .